मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसलाई छानबिन समिति होइन सत्ता चाहिएको हो : महेश बर्तौला

शुक्रबार, २८ वैशाख २०८१, २० : ५९
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । सत्तारुढ दल नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई छानबिन समिति नभइ सत्ता चाहिएको आरोप लगाएका छन् । शुक्रबार सुरु भएको बजेट अधिवेशन समेत चल्न नदिएकोमा आक्रोश पोख्दै उनले छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग बहाना मात्र भएको आरोप लगाएका हुन् ।

‘छानबिन समिति कांग्रेसले मागेकै होइन । कांग्रेसले मागेको सत्ता हो । सत्ता नपाउन्जेल आन्दोलन गरिराख्छ । छानबिन समिति बनाउन प्रधानमन्त्री मात्र होइन हामी सबै तयार छौँ । त्यो देखाउने बहाना हो । आज गृहमन्त्रीको राजीनामा माग होला । भोलि अर्काको माग होला । कांग्रेसले माग गर्‍यो भन्दैमा हरेक दिन हरेक मानिसमाथि छानबिन गर्दै हामी अनुसन्धान अधिकारी बन्न तयार छैनौँ’, रातोपाटीसँग बर्तौलाले भने ।  

कांग्रेसले पाँच घण्टाको बिचमा एकातिर गृहमन्त्रीलाई बोल्न दिने भन्ने र अर्कोतिर सभामुखले बोल्ने समय दिँदा बेल घेरेर दोहोरो चरित्र देखाएकोमा उनले असन्तुष्टि पोखे ।

‘कांग्रेसले पाँच घण्टाको बिचमा दुई वटा रोल प्रयोग गर्‍यो । एकातिर गृहमन्त्रीलाई संसदमा बोल्न दिने भन्यो । सभामुखले बोल्ने समय दिँदा रोक्यो’, कांग्रेसको भूमिकामाथि असन्तुष्टि पोख्दै उनले भने, ‘भ्रष्टाचारीलाई बेल घेर्न लगाएर सरकारको गतिमाथि अवरोध गर्ने नियत हामीले राम्रैसँग बुझेका छौँ । त्यसकारण कांग्रेसको यो तरिका राम्रो भएन ।’

एमालेले सुन प्रकरणमा यसअघि माग गरेको छानबिन समिति र कांग्रेसले माग गरेको समिति फरक भएको उनको जिकिर छ । ‘हामीले त्यतिबेला जाँचबुझ आयोग २०२६ बमोजिम उच्चस्तरीय जाँचबुझ आयोग माग गरेका हौं । छानबिन राज्यको निकायले गर्ने हो । कुन कानुन बमोजिम समिति बन्छ ? के का लागि समिति बन्छ ? कांग्रेसले नबुझेर बोलेको हो ? दुनियाँलाई गुमराहमा पार्दैछ’, उनले भने ।

उनले कांग्रेसका सांसदले सभामुखलाई गाली बेइज्जती गरेको, धम्क्याएको तथा मशल्स प्रर्दशन गरेकोमा आफू दुःखी भएको भन्दै जसलाई जे जे मन लाग्यो लतारिएर हिँड्ने पार्टी एमाले नभएको बताए । कांग्रेसले संसद् अवरोध गरे पनि सरकारको नीति तथा कार्यक्रम र बजेट संसदबाट नै आउने जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप