प्रेम विवाह गरेकी दलित युवतीको बिचल्ली
सिरहा । सिरहामा कथित उपल्लो जातिसँग प्रेम विवाह गरेकी एक युवती बिचल्लीमा परेकी छन् । दुई महिना अघि सिरहाको कल्याणपुर नगरपालिका–१० बङ्ठियाका आकाश भन्ने वरुण मण्डलसँग प्रेम विवाह गरेकी सिरहाकै सखुवानन्कारकट्टी–५, महेशवारीकी २२ वर्षीय सुनिता रामले दलित भएकै कारण पतिको घरमा बस्न पाएकी छैनन् ।
पे्रम विवाह गरेर उनीहरु दुवै काठमाडौँ भागेका थिए । वरुणका परिवारले बोलाएपछि तीन/चार दिनपछि दुवै घर फर्किएका थिए । घरमा आएको दोस्रो दिनमै वरुणका परिवार र आफन्तले बाहिरै डेरा खोजेर राख्ने भन्दै उनलाई फकाएर गोलबजार नगरपालिका–१०, बेतौना पु¥याएका थिए । बेतौनामा फूपु–फूपाजुको घरमा दुई दिन राखेर उनीहरुले वरुणलाई अन्यत्र पठाए । त्यही दिनदेखि वरुण बेपत्ता छन् ।
वरुण त्यहाँबाट गएपछि आफूलाई कुटपिट गरी फूपु फुपाजुले घरबाट निकालेको सुनिताले सुनाइन् । बेतौनाबाट फर्केर घरमा पुगेकी सुनिताले बस्ने ठाउँसमेत पाएकी छैनन् । उनी दुई महिनादेखि वरुणकै घरमा रहेको भैँसी गोठमा बस्दै आएकी थिइन् । तर, दुई दिन अघि त्यहाँबाट पनि कुटपिट गरेर वरुणका परिवारले उनको कपडा र झोला फालिदिएपछि उनी खुल्ला आकाशमुनी सडक किनारमै बस्दै आएकी छन् । सुनिताको स्वास्थ्य अवस्था पनि कमजोर हुँदै गएको छ ।
‘बेतौनाबाट फर्केर म यही गोठमा बसिरहेकी थिएँ,’ सुनिताले भनिन्, ‘दुई दिन अघि देवर अरुण मण्डल र सासु रेखादेवी मण्डलले कुटपिट गरेर झोला फालिदिए र गोठबाट निकालिदिए ।’ गुजाराको कुनै माध्यम नभएको भन्दै उनले आफूसँग रहेको सीमित पैसाले गाउँकै चिया पसलमा दिनमा एक पटक खाएर भोक टार्ने गरेको बताइन् ।
‘मलाई दलितको छोरी भनेर बस्न–खान समेत दिएका छ्रैनन्,’ उनले भनिन्, ‘अहिलेसम्म आफैँसँग भएको पैसाले दिनको एक पटक खान्छु । त्यो पनि सकिन लागिसक्यो ।’
यता, वरुणका बुवा रामसजन मण्डल रोजगारीका लागि मलेसियामा छन् भने आमा रेखादेवीले उल्टै सुनितामाथि आफ्नो छोरा बेपत्ता बनाएको आरोप लगाउँदै आएकी छन् ।
दलित भएकै कारण मण्डल परिवारले सुनितालाई नभित्र्याएको दलित अधिकारकर्मी राजु विश्वकर्मा बताउँछन् । उनले भने, ‘युवतीमाथि अत्याचार भएको थाहा पाएर घटनास्थल पुगेको थिएँ, त्यहाँ सबैकुरा बुझ्दा दलित भएकै कारण सुनितालाई भित्र्याउन मण्डल परिवारले इन्कार गरेको पाएँ ।’
सुनिताले भने आफू जस्तोसुकै दुःख–कष्ट सहेर भए पनि पतिकै घरमा बस्ने बताइन् । उनले भनिन्, ‘मैले उसैलाई भनेर माइती त्यागेर आएँ, अब म माइत कुन मुख लिएर जाउँ ? दुःखै सहेर पनि यहीँ बस्छु ।’
छोरीका लागि न्याय माग्न प्रहरीसमक्ष पुगेका सुनिताका बुवा झरीलाल राम पनि निराश भएर फर्किएका छन् । प्रहरीले वरुण बालिग नभएको भन्दै आफ्नो तर्फबाट केही गर्न नसक्ने बताएपछि झरीलाल निराश छन् ।
वरुणको परिवारले उनको उमेर १६ वर्षमात्र पुगेको दावी गर्दै आएको छ । सुनिताले भने पतिको उमेर २० वर्ष कटेको दावी गर्दै आएकी छन् । वरुणको भाई अरुण हाल कक्षा १० मा पढ्दै छन् । अरुणकै उमेर १६ वर्ष पुगेकाले दाजु वरुणको उमेर कसरी १६ वर्ष हुन्छ भन्ने सुनिताको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण