लिभरपुलले वेल्जियन टोली जिन्कलाई घरेलु मैदानमा ४–१ गोलले हरायो
साविक विजेता लिभरपुलले च्याम्पियन्स लिग फुटबलको छनोट खेलमा सानदार जित निकालेको छ । समूह ‘ई’ अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले वेल्जियन टोली जिन्कलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
लिभरपुलको जितमा एलेक्स ओक्सलेड चेम्त्ररलेनले दुई गोल गरे । साडियो माने र मोहमद सलाहले एक एक गोल गरे । घरेलु टोली जिन्कका स्टेफन ओडेले सान्त्वना गोल फर्काए । चेम्बरलेनले खेलको दोस्रो र ५७औं मिनेटमा गोल गरेका थिए । मानेले ७७औं मिनेटमा मोहमद सलाहको पासमा अर्को गोल थपे । ८७औं मिनेटमा सलाहले गोलगर्दे लिभरपुललाई सहज जितको नजिक पुर्याए ।
८८औं मिनेटमा जिन्कका स्टेफनले सान्त्वना गोल फर्काएका थिए । जितसँगै लिभरपुलले तीन खेलबाट ६ अंक बनाएको छ । लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । एक अंक बनाएको जिन्क समूहको अन्तिममा छ ।
शीर्ष स्थानमा रहेको इटालियन क्लब नापोलीको सात अंक छ । बुधबार रातिनै भएको खेलमा इन्टरले अष्ट्रियन क्लब साल्जबर्गलाई उसैको मैदानमा ३–२ गोलले पराजित गरेको थियो । नापोलीको जितमा ड्राईस मेर्टिन्सले १७औं र ६४औं मिनेटमा दुई गोल गरे ।
लोरेन्जो इनसिग्नेले ७३औं मिनेटमा एक गोल गरे । यसअघि साल्जबर्गका अर्लिङ ब्राउट हल्यान्डले आठौं र ४०औं मिनेटमा दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् । समूहमा तीन अंक बनाएको साल्जबर्ग तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण