तरुण दलका अध्यक्षलाई महासचिव हटाउने अधिकार छैन : शेखर कोइराला
काठमाडौं– नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल तरुण दलका अध्यक्षलाई महासचिव हटाउने अधिकार नभएको बताएका छन् । तरुण दलको ६६ औँ स्थापना दिवसका अवसरमा सामाखुसीमा आयोजित कार्यक्रममा नेता कोइरालले तरुण दलमा विवाद स्वभाविक भएको भन्दै अध्यक्षलाई महसचिव हटाउने अधिकार नभएको बताएका हुन् ।
उनले भने, ‘तरुण दलभित्रको विवादलाई स्वभाविक रुपमा लिएको छु । किनेभने पार्टीमा नै विवाद छ भने तरुण दलमा विवाद हुँदैन भन्ने होइन । तर तरुण दलको अध्यक्षलाई महासचिव हटाउने अधिकार छैन ।’ तरुण दलको स्थापना दिवस एउटै ठाउँमा बनाउने वातावरण मिलाउन आफूहरुले पार्टी सभापति र वरिष्ठ नेतासँग पनि गरेको उनको भनाइ थियो ।
‘उहाँहरुलाई एउटै कार्यक्रम गर्ने वातावरण बनाए पार्टी कार्यालयमा कार्यक्रम राख्नु भनेका थियौँ । म एक जनालाई दोष दिने पक्षमा छैन । उहाँहरु दुबै जना आ–आफ्नो गुटमा रमाइ राख्नुभएको छ ,’ उनले भने । तरुण दलका ४ जना पदाधिकारीलाई राखेर एउटै कार्यक्रम राख्नु भनेर भनेको भए समस्या समाधान नै नहुने कोइरालाको भनाइ थियो । यस विषयमा पार्टीका सबै पदाधिकारी दोषी रहेको उनको दाबी थियो ।
यस्तै सभापति शेरबहादुर देउवाले नेविसंघमा ५० वर्षमाथिको नेतृत्व ल्याउन खोजेको भन्दै उनले भने, ‘५० वर्षको उमेरमा सभापति शेरबहादुर देउवाजी प्रधानमन्त्री भइसक्नुभएको थियो । तर अहिले उहाँले ५० वर्ष माथिको व्यक्तिलाई नेविसंघको नेतृत्वमा ल्याउन खोज्नुभएको छ । रामचन्द्रजी पनि ५० वर्षमाथिको मान्छेलाई नेविसंघमा ल्याउन खोज्दै हुनुहन्छ ।’
पार्टी सभापति र वरिष्ठ नेताले देश कता जाँदैछ भन्ने कुरासमेत बुझ्न नसेको कोइरालाको आरोप थियो । केही दिनअघि अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई पद र साधारण सदस्यताबाट हटाएका थिए भने त्यसको प्रतिवादमा शाहीले अध्यक्ष बस्नेतलाई पनि पदीय हैसियत तथा साधारण सदस्यबाट हटाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण