प्रसूति अस्पतालमा नवजात शिशुको मृत्यु, परिवारद्वारा शव बुझ्न अस्वीकार
काठमाडौँ । राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।
आइतबार बिहान गोरखा आरुपोखरी–७ घर भएका कृष्णबहादुर कुँवरले ३५ वर्षीय पत्नी ज्ञानुकुमारीलाई प्रसूतिका लागि भर्ना गरेका थिए ।
सोमबार बेलुका प्रसूति कक्षमा लगिएकी ज्ञानुकुमारीबाट मङ्गलबार बिहान जन्मिएको बच्चाको मृत्यु भएको परिवारजनको भनाइ छ । चिकित्सकले सालनाल बेरिएका कारण गर्भमै बच्चाको मृत्यु भएको बताएको कृष्णबहादुरको भनाइ छ ।
‘मरेकै बच्चा जन्मिएको हो भने सालनाल किन काटेको ? बच्चा किन सफा गरेको ?,’ उनले प्रश्न गरे । बच्चाको नाकबाट रगत आएको, बच्चालाई सफा गरिएको र सालनाल काटेका कारण जीवित बच्चा जन्मिएर चिकित्सकको लापरवाहीका कारण मरेको हुन सक्ने उनको जिकिर छ ।
हाल पत्नी ज्ञानकुमारीको समेत स्वास्थ्य अवस्था नाजुक रहेको उनले बताए । चिकित्सकले ‘आइसीयु’ मा भर्ना गर्नुपर्छ भनेको उनले सुनाए ।
‘आइसीयुमा राख्नुपर्छ भनेका छन्,’ रातोपाटीसँग उनले भने, ‘बच्चाको त्यो हालत भयो, अब बच्चाको आमालाई यो अस्पतालमा राख्दिनँ, यहाँ जेसूकै हुन सक्ने रहेछ ।’
उनले शिशुको शवसमेत आफूले नबुझ्ने बताए । ‘अहिले पत्नीको स्वास्थ्य मेरो लागि महत्त्वपूर्ण हो,’ उनले भने, ‘अर्कै अस्पतालमा लगेर पहिला उनलाई बचाउँछु, त्यसपछि शिशुको बारेमा कुरा गर्न आउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
-
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण