जयललिताकी सहयोगी शशिकलाको १६ अर्बको सम्पत्ति जफतः नोटबन्दीमा जोडेकी थिइन् सम्पत्ति
आयकर विभागले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जे. जयललिताकी पूर्व सहयोगी एवं एआईएडीएमकेकी पूर्व महासचिव वीके शशिकलाको १६ अर्ब भारुको नाम नखुलेको सम्पत्ति जफत गरेको छ । अधिकारीले मंगलबार दिएको जानकारी अनुसार नोभेम्बर २०१६ मा नोटबन्दीलगत्तै शशिकलाले चेन्नई, पड्डुचेरी र कोयम्बुटरमा ९ सम्पत्ति खरिद गरेकी थिइन् । अहिले शशिकला भ्रष्टाचार मामलामा चार वर्षको जेल सजाय काटिरहेकी छिन् ।
स्रोतका अनुसार शशिकलाले नोटबन्दीका बेला पुराना नोटबाट काल्पनिक नामबाट करिब १५ अर्बको सम्पत्ति जुटाएकी थिइन् । आयकर विभागले सन् २०१७ मा शशिकला र अन्यविरुद्ध अपरेशन क्लिन मनी अभियान अन्तर्गत छापा मारेको थियो । त्यति नै बेला नाम नखुलेका सम्पत्तिबारे पत्ता लागेको थियो । अधिकारीले यसबारे शशिकलासँग सोधपुछ पनि गरेका थिए ।
जयललिताको मृत्युबारे शशिकलासँग पनि सोधपुछ भएको थियोः
जयललिताको मृत्युपछि एआइएडीएमकेको बागडोर सम्हाल्ने शशिकलालाई पछि तत्कालीन मुख्यमन्त्री पलानीस्वामीको नेतृत्व भएको खेमेले पार्टीबाट निष्कासन गरेको थियो । उनका आफन्त इलावरासी र वीएन सुधाकरन पनि यो मामलामा चार वर्षको जेल सजाय काटिरहेका छन् । जयललिताको मृत्युमा कथित संलग्नताका लागि पनि शशिकलासँग सोधपुछ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण