मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जयललिताकी सहयोगी शशिकलाको १६ अर्बको सम्पत्ति जफतः नोटबन्दीमा जोडेकी थिइन् सम्पत्ति

बुधबार, २० कात्तिक २०७६, ०८ : २०
बुधबार, २० कात्तिक २०७६

आयकर विभागले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जे. जयललिताकी पूर्व सहयोगी एवं एआईएडीएमकेकी पूर्व महासचिव वीके शशिकलाको १६ अर्ब भारुको नाम नखुलेको सम्पत्ति जफत गरेको छ । अधिकारीले मंगलबार दिएको जानकारी अनुसार नोभेम्बर २०१६ मा नोटबन्दीलगत्तै शशिकलाले चेन्नई, पड्डुचेरी र कोयम्बुटरमा ९ सम्पत्ति खरिद गरेकी थिइन् । अहिले शशिकला भ्रष्टाचार मामलामा चार वर्षको जेल सजाय काटिरहेकी छिन् ।

स्रोतका अनुसार शशिकलाले नोटबन्दीका बेला पुराना नोटबाट काल्पनिक नामबाट करिब १५ अर्बको सम्पत्ति जुटाएकी थिइन् । आयकर विभागले सन् २०१७ मा शशिकला र अन्यविरुद्ध अपरेशन क्लिन मनी अभियान अन्तर्गत छापा मारेको थियो । त्यति नै बेला नाम नखुलेका सम्पत्तिबारे पत्ता लागेको थियो । अधिकारीले यसबारे शशिकलासँग सोधपुछ पनि गरेका थिए ।

 जयललिताको मृत्युबारे शशिकलासँग पनि सोधपुछ भएको थियोः

जयललिताको मृत्युपछि एआइएडीएमकेको बागडोर सम्हाल्ने शशिकलालाई पछि तत्कालीन मुख्यमन्त्री पलानीस्वामीको नेतृत्व भएको खेमेले पार्टीबाट निष्कासन गरेको थियो । उनका आफन्त इलावरासी र वीएन सुधाकरन पनि यो मामलामा चार वर्षको जेल सजाय काटिरहेका छन् । जयललिताको मृत्युमा कथित संलग्नताका लागि पनि शशिकलासँग सोधपुछ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप