शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सी र आयाक्सबीच थ्रिलर : आठ गोल, दुई आत्मघाती, दुई रातो कार्ड

बुधबार, २० कात्तिक २०७६, ०८ : २७
बुधबार, २० कात्तिक २०७६

एजेन्सी । ४–१ ले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले स्टाम्फोर्ड ब्रिजमा भएको नाटकीय खेलमा आयाक्सबिरुद्ध ४–४ गोलको बराबरी गर्दै महत्त्वपूर्ण १ अङ्क बटुल्न सफल भएको छ ।

च्याम्पियन्स लिगमा गत सिजनको सेमिफाइनलिस्ट डच च्याम्पियनले दोस्रो हाफमा ४–१ गोलको अग्रता बनाएपनि केही मिनेटको अन्तरालमा दुई रातो कार्ड खाएपछि चेल्सीले अविस्मरणीय पुनरागनम गर्न सफल भएको हो ।

ट्यामी अब्राहमले आत्मघाती गोल गरेपछि खेलको दोस्रो मिनेटमा नै आयाक्सले अग्रता लिएको थियो । तर, लगत्तै जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि क्विन्सी प्रोमेसले गोल गर्दै आयाक्सलाई पुनः अग्रता दिलाए भने चेल्सीले अर्को आत्मघाती गोल गरेपछि पहिलो हाफमा आयाक्स ३–१ गोलले अघि परेको थियो ।

दोस्रो हाफको शुरुवातसँगै डोनी भान डे बिकले आयाक्सको अग्रता फराकिलो बनाए ।

खेलको ६८ औँ मिनेटमा नाटकीय मोड लियो । डेली ब्लीन्ड र जोएल भेल्टम्यान दुवैले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न पर्यो ।

९ खेलाडीमा आयाक्स सिमित भएपछि चेल्सीले त्यसको फाइदा उठायो । सेजार एज्पेलिकुएटा र रिस जेम्सले गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यतिर एज्पेलिकुएटाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले खारेज गरेका थिए ।

समूह एच कै अर्को खेलमा भ्यालेन्सियाले लिलेलाई ४–१ गोल अन्तरले पराजित गर्यो ।

४ खेलपछि आयाक्स, चेल्सी र भ्यालेन्सियाको समान ७ अंक रहे पनि गोल अन्तरको आधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप