शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वातावरण संरक्षणका लागि प्रतिबद्ध छु : मन्त्री राई

बिहीबार, २१ कात्तिक २०७६, २० : ३२
बिहीबार, २१ कात्तिक २०७६

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्जको वातावरण संरक्षणका लागि आफू प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । 

विहीबार नेपालगञ्जका पत्रकार महिलाहरुसँग ‘विकासमा पत्रकार महिलाको भूमिका’ विषयमा गरिएको अन्तक्र्रियामा मन्त्री राईले ध्वनी प्रदूषण र बढ्दो सहरीकरणका कारण दिन प्रतिदिन नेपालगञ्जको वातावरण बिग्रदै गइरहेकाले वातावरण संरक्षणका लागि नेपालगन्जमा बिरुवा रोपण गर्ने आफ्नो लक्ष्य अनुरुप काम भइरहेको बताए ।

एशियाली विकास बैंकको ऋण सहयोग तथा मन्त्रालयको सहयोगमा नेपालगन्जमा वृक्षरोपणको काम भइरहेको मन्त्री राईले जानकारी दिए । 

नेपालगञ्ज उपमहानरपालिकाले बोलपत्र आह्वान गरी बिरुवा रोपण गरेको उनले बताए । नेपालगञ्जलाई सुन्दर र वातावरणमैत्री बनाउन सबै ठाउँमा ‘शो प्लान्ट’ लगाउने भनिए पनि नगरपालिकाले विभिन्न फूलका बिरुवा लगाउने काम गरेको प्रति मन्त्री राईले दुःख व्यक्त गरे । विगतको तुलनामा अहिले ध्वनी प्रदूषणमा कमी आएको उनको भनाइ थियो । 

मन्त्री राईले पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष अमृता केसीले सद्भावको शहरका रुपमा चिनिएको नेपालगन्जमा ध्वनी प्रदूषण न्यून गर्न मन्त्री राईले भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले विकास निर्माण गर्दा वातावरणमैत्री प्रविधि अपनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सञ्चारिका समूह बाँकेकी अध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष ठाकुरसिंह थारुलगायतको सहभागीता थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप