चर्चित ब्यान्ड १९७४ एडीले कुटुम्बसँग मिलेर कीर्तिपुर तताउँदै
शनिबार, २३ कात्तिक २०७६, ०९ : १६
नेपालको चर्चित ब्यान्ड १९७४ एडीले कुटुम्बसँग मिलेर शनिबार कीर्तिपुरमा कन्सर्ट गर्न लागेको छ । कृति इभेन्ट्स एण्ड प्रा.लिको आयोजनामा उक्त कन्सर्ट हुन लागेको हो ।
ब्यान्डले शुक्रबार बेलुकी काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो नयाँ एल्बम सार्वजनिक पनि गरेको छ ।
कीर्तिपुरको खेल मैदानमा हुन लागेको उक्त कन्सर्टमा रोहित क्षेत्री एण्ड द ब्यान्डको ओपनिङ एक्ट हुनेछ ।
कन्सर्टका लागि दिउँसो ३ बजेदेखि मैदान खुल्ला राखिने बताइएको छ । कन्सर्टको टिकटको मूल्य तीन सय रुपैयाँ तोकिएको छ भने त्यसै दिन गेटमा टिकट खरिद गर्दा पाँच सय रुपैयाँ लाग्ने छ ।
कन्सर्टलाई मुख्य प्रायोजन टुबोर्गले गरेको छ भने दराज डटकमले सह–प्रायोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण