यतिले गर्यो प्लाष्टिक कप बाई–बाई
काठमाडौं– यति एअरलाइन्सले आफ्ना सबै विमानहरुमा प्लाष्टिकको कप विस्थापित गरेको छ । यात्रुलाई पानी तथा पेय पदार्थ दिन प्रयोग भइरहेको प्लाष्टिक कपको सट्टा पेपर (कागज) कप प्रयोगमा ल्याएको हो ।
पेपरकपको उद्घाटन कार्यक्रममा सहभागी हुँदै युनएनडीपीकी आवासीय प्रतिनिधि आइसियानी लेबेले यती एअरलाइन्सको यो प्रयास अत्यन्तै सकारात्मक रहेको विचार व्यक्त गर्दै प्लाष्टिकको प्रयोगमा कमी ल्याउन सबैको संयुक्त प्र्रयास हुनुपर्ने कुरामा जोड दिए ।
यति एअरलाइन्स नेपालमा कार्वन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी भएकोले विमानमा प्रयोग भइरहेको प्लाष्टिक कपलाई विस्थापित गरेको एअरलाइन्सका प्रवक्ता भिमराज राईले जानकारी दिए ।
प्लाष्टिक कप विस्थापन कार्य कार्वन न्युट्रल अभियानमा थप एक कदम रहेको बताउँदै प्लाष्टिकको सट्टा पेपर कपको प्रयोगले वातावरण सफा हुने र कार्वन उत्सर्जनमा कमी आउने तर्क राईले दिए ।
पेपर कपसँगै यति एअरलाइन्सले थप २ वटा विद्युतीय कार प्रयोगमा ल्याएको छ । कार्वन न्युट्रलको अभियानमा यती एयरलाइन्सको यो थप प्रयास हो । एअरपोर्टमा यात्रुलाई विमानसम्म ल्याउन÷पु¥याउनका लागि विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ ।
साथै प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्वनको राष्ट्र संघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति पनि गर्दै आइरहेको छ ।
यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न संयुक्त राष्ट्र संघ विकास नियोग (युएनडीपी)सँग सहकार्य गरिरहेको छ । दीगो विकास लक्ष्यका १७ वटा बुँदामध्ये १३ नम्बर बुँदा क्लाइमेट एक्सन अन्तर्गत कार्वन न्युट्रल अभियान अगाडि सार्दै आएको छ ।
सोही अन्तर्गत यतिले बढी इन्धन खपत गर्ने विमानलाई विस्थापित गरी कम इन्धनमा चल्ने एटिआर विमान खरिद गरी सेवा दिँदै आइरहेको छ । यसका साथै बढी इन्धन खपत गर्ने सबै विमानहरुलाई विस्तारै विस्थापित गर्दै लैजाने योजना पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन