राष्ट्रिय गौरवका आयोजनामा ध्यान गएनः नेता लेखक
शनिबार, ०७ मङ्सिर २०७६, २३ : १९
बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाएका छन् । दोगडाकेदार गाउँपालिका–४ कपिन्नामा आज आयोजित चुनावी सभामा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउने सरकारले देशमा समृद्धि ल्याउन कुनै योजना ल्याउन नसकेको बताए ।
काँग्रेसको सरकार भएको बेला प्रशस्त बजेट छुट्टयाएको महाकाली कोरिडोरमा वर्तमान सरकारले बजेट नछुट्टयाएकामा नेता लेखकले आपत्ति व्यक्त गरे । उनले भने, ‘सुदूरपश्चिमका राष्ट्रिय गौरवका आयोजनामा सरकारको ध्यान जान सकेको छैन ।’ वर्तमान सरकारले प्रेसलाई अंकुश लगाउने, संवैधानिक परिषद्लाई पार्टीकरण गर्ने काम गरेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण