इटा उद्योग हटाउने स्थानीय तहलाई कारबाही गर्न माग
काठमाडौँ । उद्योगी व्यवसायीहरुले इटा उद्योग हटाउने स्थानीय तहलाई कारबाही गर्न माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले जथाभावी रुपमा इटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गरेका हुन् ।
वातावरणीय प्रदुषण भएको उल्लेख गर्दै विभिन्न नगरपालिकाहरुले स्थानीय इटा भट्टा हटाउने कामलाई अघि बढाइरहेका बेला उनले सरकारले संचालन गर्न अनुमति दिएका इटा उद्योग स्थानीय तहलाई भत्काउन दिन नहुने पनि स्पष्ट पारे ।
पाँचौं उद्योग दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रधानले इटा भट्टा हटाउने स्थानीय तहलाई कार्वाही नगरे व्यवसायीलाई तत्काल त्यसको क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले भने सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सरकारलाई आरोप लगाएर व्यवसायीहरुले उन्मुक्ति नपाउनेमा आफू सचेत रहेको पनि उनको भनाई छ ।
अध्यक्ष गिरीले निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर उद्योग क्षेत्रको विकासमा फड्को मार्न चाहेको बताए । तर त्यसका लागि सरकारले प्रविधिको विकासमा जोड दिनुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण