सागमा आज १२ खेल हुँदै
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (सोमबार) विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुनेछ । आजै सातदोवाटो स्थित तेक्वान्दोमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।
यसैगरी कराँते, पुरुष फुटबल, खो खो टेबलटेनिस, टेनिस, गल्फ र महिला पुरुष भबिलको कांस्य पदकका लागि भिडन्त हुनेछ । पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन खेल हुँदैछ ।
तेक्वान्दोसँगै कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्ण पदकका लागि भिडन्त हुनेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबलमा बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
सागको औपचारिक उद्घाटन आइतबार साँझ भब्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गरिेकी थिईन् । उद्घाटन सत्रको मार्चमापमा नेपालको झण्डा ओलम्पियन एवं भारोत्तोलन खेलाडी कमल अधिकारीले बोकेका थिए ।
सागको ओलम्पिक टर्च ओलम्पियन दिपक बिष्टले बालेका थिए । खेलाडीकोतर्फबाट क्रिकेटर पारस खड्का र निर्णायकको तर्फबाट ब्याडमिन्टन अम्पायर दिपक थापाले सपथ खाएसँगै साग खेलकुदको औपचारिक सुरुवात भएको हो । यद्यपी साग भबिलका खेलहरु पाँचदिन अघिनै सुरु भएको थियो ।
भलिबलमा नेपाली महिला टोली फाइनलमा पुगिसकेको छ । फाइनलमा मंगलबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको पुरुष भलिबल टोली भने समूहचरणबाटै बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण