सागमा आज १५ खेलमा प्रतिस्पर्धा हुँदै
मङ्गलबार, १७ मङ्सिर २०७६, ०८ : १९
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन आज मंगलबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा काठमाडौंमा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुँदैछ । नेपाली महिला भबिलल टोलीले भारतसँग स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबलको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्नेछ ।
महिलाको फुटबलमा नेपालले श्रीलंकासँग खेल्दैछ । दशरथ रंगशालामै एथलेटिक्समा सात स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । तेक्वान्दोमा आजै थप चार स्वर्णको टुङ्गो लाग्नेछ । सागको दोस्रो दिन आइतबार नेपाल १५ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण