टीभीएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सकियो, २५ जना प्रतियोगी मद्रासमा
काठमाडौं– नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गरेको टीभीएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ ।
रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीहरुले उक्त रेस ट्रयाकमा टीभीएस मोटरसाईकल कुदाएर अविस्मरणीय अनुभव सङ्गालेका छन् । अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि २५ जना प्रतियोगीहरु लगायत टीभीएसको व्यवस्थापन टोली नेपालबाट मङ्सिर १४ गते मद्रासका लागि प्रस्थान गरेका थिए ।
मङ्सिर १५ र १६ गते गरी लगातार दुई दिन सम्म चलेको यस कार्यक्रम मङ्सिर १७ गते सम्पन्न भएको थियो । गत वर्ष पनि टीभीएस मोटर्सले राईडरहरुलाई केन्द्रित गरी यस्तैै किसिमको कार्यक्रम आयोजना गर्न सफल रहेको थियो ।
यस वर्ष पनि आयोजित कार्यक्रमको सफलता पछि आभार प्रकट गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘नेपालका बाइक राइडरहरुले पनि अन्र्तराष्ट्रिय प्लेट फर्ममा आफ्नो क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न पाउँदाको यो क्षण उनीहरुका लागि मात्रै अविस्मरणीय नभई जगदम्बा मोटर्स परिवारका लागि पनि गरिमामय बन्न पुगेको छ । उनीहरुको सपना यथार्थमा परिणत गर्न पाएकोमा हामी आफुलाई निकै भाग्यशाली ठान्दछौँ ।’
कार्यक्रमको समाप्तिसँगै रेस ट्रयाक एक्सपिरियन्सका सहभागी लगायत टीभीएसको व्यवस्थापन टोली मङ्सिर १८ गते, बुधबार पुनः नेपाल फर्कदँैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण