‘स्वीच अनद्वारा बडा दशैं, तिहार र छठ बम्पर अफर’ को विजेता घोषणा
बुधबार, १८ मङ्सिर २०७६, ११ : ५१
काठमाडौं– मल्टी ब्राण्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले ‘बडा दशैं, तिहार र छठ बम्पर अफर’ भन्ने नारा अन्तर्गतको आफ्नो चार्डपर्व अफरको विजेता घोषणा गरेको छ ।
सो अफरअन्तर्गत बर्दघाटका ध्रुब भण्डारीले प्रथम उपहार ४० इन्चको टीभी, २० लिटरको फ्रिज र मिक्चर ग्राइन्डर प्राप्त गरेका छन् । त्यस्तै हेटौंडाका प्रकाश पौडेलले द्वितिय उपहार स्वरुप ४० इन्चका टीभी, १.८ लिटरको राइस कुकर र मिक्चर ग्राइन्डर प्राप्त गरेका छन् ।
यसैबीच सुरुङ्गाका उद्धव खकुरेलले त्रितिय पुरस्कार स्वरुप ३२ इन्चको स्मार्ट टीभी, १.८ लिटरको राइस कुकर र मिक्चर ग्राइन्डर प्राप्त गरेका छन् ।
यो योजना असोज ५ गते शुरु भएर कात्तिक ३० गते समापन भएको हो । जसअन्तर्गत ग्राहकहरुले स्वीच अनको देशभर रहेको कुनै पनि आउटलेटबाट एक हजारभन्दा माथिको सामान खरिद गरेर यस योजनामा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन