बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

साग प्रतियोगितामा नेपालको पदक संख्या अर्धशतक पार

बुधबार, १८ मङ्सिर २०७६, १३ : ५२
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले उत्कृष्ठ प्रदर्शन गर्दै पदकको संख्या अर्धशतक पार गराएको छ । बुधबार बिहानसम्म नेपालले कुल ५३ पदक प्राप्त गरिसकेको छ । जारी प्रतियोगिताको पदक तालिकामा शीर्ष स्थानमा रहँदै नेपालले २५ स्वर्ण, ११ रजत र १७ कास्य पदक हासिल गरेको हो ।

दोस्रो स्थानमा रहेको भारतले २० स्वर्ण, १९ रजत र ९ कास्य पदक हासिल गर्दै नेपाललाई पछ्याइरहेको छ । उसले कुल ४८ पदक प्राप्त गरिसकेको हो । श्रीलंका तेस्रो स्थानमा छ । उसले हालसम्म ६ स्वर्ण, १६ रजत र ३० कास्य गरी कुल ५२ पदक हासिल गरिसकेको छ ।

यस्तै, पाकिस्तानले कुल ३२ पदक प्राप्त गरेको छ । पाकिस्तानले ६ स्वर्ण, १३ रजत र १३ कास्य पदक हासिल गरिसकेको छ । यसैगरी बंगलादेशले ४ स्वर्ण, ५ रजत र २४ कास्य गरी कुल ३३ पदक हासिल गरेको छ ।

माल्दिभ्सले एक स्वर्ण र एक कास्य गरी जम्मा दुई पदक हासिल गर्दा पुछारमा रहेको भुटानले अहिलेसम्म तीन कास्य पदक प्राप्त गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप