साग प्रतियोगितामा नेपालको पदक संख्या अर्धशतक पार
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले उत्कृष्ठ प्रदर्शन गर्दै पदकको संख्या अर्धशतक पार गराएको छ । बुधबार बिहानसम्म नेपालले कुल ५३ पदक प्राप्त गरिसकेको छ । जारी प्रतियोगिताको पदक तालिकामा शीर्ष स्थानमा रहँदै नेपालले २५ स्वर्ण, ११ रजत र १७ कास्य पदक हासिल गरेको हो ।
दोस्रो स्थानमा रहेको भारतले २० स्वर्ण, १९ रजत र ९ कास्य पदक हासिल गर्दै नेपाललाई पछ्याइरहेको छ । उसले कुल ४८ पदक प्राप्त गरिसकेको हो । श्रीलंका तेस्रो स्थानमा छ । उसले हालसम्म ६ स्वर्ण, १६ रजत र ३० कास्य गरी कुल ५२ पदक हासिल गरिसकेको छ ।
यस्तै, पाकिस्तानले कुल ३२ पदक प्राप्त गरेको छ । पाकिस्तानले ६ स्वर्ण, १३ रजत र १३ कास्य पदक हासिल गरिसकेको छ । यसैगरी बंगलादेशले ४ स्वर्ण, ५ रजत र २४ कास्य गरी कुल ३३ पदक हासिल गरेको छ ।
माल्दिभ्सले एक स्वर्ण र एक कास्य गरी जम्मा दुई पदक हासिल गर्दा पुछारमा रहेको भुटानले अहिलेसम्म तीन कास्य पदक प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण