अभिषेकको त्यो ‘रोनाल्डो स्टाइल’ सेलिब्रेसन...
शनिबार, २१ मङ्सिर २०७६, १४ : ३७
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार पुरुष फुटबलतर्फ नेपाल र माल्दिभ्सले मध्यान्तरसम्म बराबरी खेलेका छन् ।
दशरथ रङ्गशालामा जारी खेलमा मध्यान्तरसम्ममा दुवै टिमले १–१ गोल गरेका हुन् ।
खेलको १९ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर नेपालका लागि अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

गोल लगत्तै रिजालले आफ्नो जर्सी फुकाल्दै दर्शकदीर्घातर्फ फर्किएर गोल सेलिब्रेसन गरेका थिए । उनको गोल सेलिब्रेसन बार्सिलोनबिरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोले गरेको गोल सेलिब्रेसनसँग मिल्दोजुल्दो थियो । च्याम्प्यिन्स लिगको फाइनलमा पनि रोनाल्डोले यसरी नै सेलिब्रेसन गरेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण