सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कुस्तीमा भारतको वर्चस्व

आइतबार, २२ मङ्सिर २०७६, २१ : २१
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जनकपुरधाममा जारी कुस्ती प्रतियोगिताको आज तेस्रो दिन पनि भारतले आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ । 

आज भएको विभिन्न सात तौल समूहको खेलमा भारतले चार, श्रीलङ्का दुई र पाकिस्तानले एक स्वर्ण पदक हासिल गरेको छ ।

 शनिबार एक स्वर्णसमेत जित्न सफल नेपालले आज तीन पुरुष र चार महिलाको विभिन्न तौल समूहमध्येको खेलमा दुई रजक र दुई कास्यपदक मात्र लिएर सन्तुष्ट भए । 

पुरुषतर्फ ६१ केजी तौल समूहमा भारतका रवीन्द्रले स्वर्ण, पाकिस्तानका मो बिलालले रजत र श्रीलङ्काका उदराले कास्य पदक जितेका छन् भने ८६ किलोग्राम समूहमा भारतका पवन कुमार स्वर्ण, पाकिस्तानका उमर अहमद रजत र बङ्गलादेशका श्रीश्रोत रायले रजतपदक जितेका छन्।  

त्यस्तै ९२ केजी समूहको खेलमा पाकिस्तानका मो इनाम स्वर्ण, श्रीलङ्काका सलिथा रजत र नेपालका समीर शाहले कास्यपदक जितेका छन् । 

महिला समूहतर्फ ५९ केजी समूहमा भारतकी अंशुले स्वर्ण, बङ्गलादेशकी निपारेनले रजत र नेपालकी कोमल खत्रीले रजत, ६२ केजी  समूहमा भारतकै साक्षी मलिक स्वर्ण, श्रीलङ्काकी महिराले रजत र बङ्गलादेशकी अख्तर सरमिनले रजतपदक जित्न सफल भए ।  

यसैगरी ६५ केजी समूहतर्फ श्रीलङ्काकी दिलहानी स्वर्ण, नेपालकी सुशीला चन्द रजत र बङ्गलादेशकी मोस लक्की कास्यपदक पाउन सफल भएको छ भने ७२ केजी समूहतर्फ श्रीलङ्काकी अयोमी स्वर्ण, नेपालकी निर्मला रजत र बङ्गलादेशकी अख्तर रोजिना कास्यपदक जित्न सफल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप