कोठाभित्र आमा–छोरीको शव फेला, बाहिरबाट ताला लगाएर हत्यारा फरार !
पर्सा । वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ आमा–छोरीको शव फेला परेको छ ।
अन्दाजी २२-२३ वर्षकी महिला र उनको एक÷डेढ वर्षकी छोरीको शव फेला परेको हो । उनीहरु भाडामा बस्दै आएको घरकै कोठामा शव फेला परेको हो ।
शवको प्रकृति हेर्दा करिब ७/८ दिन अघि नै हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । बाहिरबाट ताला लगाएको अवस्थामा कोठाभित्र भुईमा आमाछोरीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घरधनीले कोठाबाट गन्ध आएको र भाडामा बस्दै आएका मानिस केही दिनदेखि नदेखिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरीको शव गन्हाएको अवस्थामा फेला पारेको हो ।
प्रहरीका अनुसार उक्त कोठामा एक पुरुष र मृतक दुई जना गरी जम्मा तीनजना बस्दै आएका थिए । मृतक महिला र ती पुरुष पति–पत्नी रहेको बताइन्छ । घरबेटीले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरुले आफ्नो घर बाराको कलैया उपमहानगरपालिका–२६, सिसुवा बताएका थिए ।
तर पत्नी र छोरीको शव कोठामा कुहिन थालेको अवस्थामा पनि पति फेला नपर्नुले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । ‘उसले घरबेटीलाई दिएको विवरण अनुसार हामी सम्बन्धित क्षेत्रमा खोजतलास गरिरहेका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘अहिले नै केही भन्न सकिने अवस्था छैन ।’
प्रहरीले दुवै शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाएको छ । पोस्टमार्टम रिपोर्टपछिमात्र घटनाबारे थप जानकारी हासिल हुने प्रहरी बताउँछ ।
दीपेन्द्र प्रजापतिको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण