राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
काठमाडौँ। अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह 'मुटु फलाम भएर' को लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रममा रोचक घिमिरे, कृष्ण धरावासी, प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, कवि ढुंगाना दम्पती लगायतले कृति लोकार्पण गरेका हुन् ।
प्रमुखअतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाई दिँदै पुराना दिनहरू स्मरण गरे । उनले भने, 'हराएको कविले फेरि सिर्जना लिएर आएकोमा खुसी छु । राजेश ढुंगानाले हिजोको प्रजातान्त्रिक आन्दोलनको पक्षमा समसामयिक विषयमा लेखहरू निरन्तर लेखेर योगदान गर्नुभएको थियो ।'
प्राडा गौतमले कवि ढुंगानामा मितव्ययी भाषामा गहिरो कुरा भन्न सक्ने सामार्थ्य भएका कविको रूपमा आफूले पाएको बताए । कवि विन्दास स्वभावका रहेकोमा उनले जोड दिए । 'ढुंगानाका कविता वेदका मन्त्र पढेजस्तै छन्, जसले व्याख्या गर्दैनन्, संकेत मात्र गर्छन् । कविताको मूल स्वर विद्रोह र असन्तुष्टीतर्फ सुनिन्छन्। कतै कवि प्रेम बोल्छन् ' प्राडा गौतमले भने । कोमल तत्व र कठोर तत्व दुवै उत्तिकै कवितामा पाएको भन्दै उनले भने, 'मृत्युचिन्तन, प्रेमचिन्तन, देश चिन्तन, समय चिन्तन र आफैँमाथि चिन्तन गरेर कविता सिर्जना भएका छन् ।'
कवितामा सरल बिम्व भैकन पनि गहिरा भाव अभिव्यक्त गर्ने सामार्थ्य भएको प्राडा गौतमले बताए ।
साहित्यकार धारावासीले ढुंगानासँग विताएका बाल्यकालीन दिनहरू समेत स्मरण गरे । उनले भाँचिन तयार हुने तर ननिहुरिने प्रजातान्त्रिक चेत बोकेका कविको रुपमा ढुंगानाको व्यक्तित्वको चर्चा गरे । 'काठमाडौँको साहित्य र पत्रकारितामा पनि उहाँको भूमिका छ । उहाँ मुक्तक, गीत र कविता सशक्त ढंगले लेख्नसक्ने क्षमतावान् कवि हो,' धरावासीले भने ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, कवि पत्नि मीना ढुंगाना समेतले शुभकामना मन्तव्य राखे । लोकार्पण गरिएको कृतिबाट सुधा शर्मा, राजेश खनाल लगायतले कविता बाचन गरे ।
नेपाल स्रष्टा समाज केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले छोटा कवितामा पनि शक्ति हुन्छ भन्ने कुरा राजेश ढुंगानाका कविताले पुष्टि गरेको बताए । उनले वर्तमान समयमा नेपाली साहित्यक्षेत्रमा देखिएका विकृतिप्रति लक्षित गर्दै भने, 'पुरस्कार र सम्मानको नाउँमा अस्वस्थ्य प्रतिस्पर्धा देखिएको छ । यो हुनु राम्रो संकेत होइन् ।'
मधु पाठकद्वारा सञ्चालित उक्त कार्यक्रममा तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण