टिकटका लागि रङ्गशाला छिर्न खोज्नेमाथि प्रहरीद्वारा कुटपिट, भिडियो खिचेको भन्दै पत्रकारमाथि हातपात
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारणमाथि प्रहरीले दशरथ रङ्गशालाबाहिर कुटपिट गरेको छ । टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले कुटपिट गरेको हो ।
रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मीमाथि पनि प्रहरीले हातपात गरेको छ । डिएसपी रुगम कुँवरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार सुमन चापागाइँमाथि भिडियो खिचेको भन्दै हातपात गर्दा उनको कानमा चोट लागेको छ ।

भिडियो खिचेको भन्दै चापागाइँमाथि जाइलागेको प्रहरीले उनको छातीमा लात्ताले हिर्काउनुको साथै कुटपीट गरेको थियो । घाइते भएका पत्रकार चापागाइँको राष्ट्रिय खेलकुद परिषद्स्थित खेलाडीको स्वास्थ्य परीक्षण गर्ने स्थानमा उपचार भइरहेको छ ।
त्यस्तै, अन्य पत्रकारलाई पनि प्रहरीले फोटो खिचेको भन्दै क्यामारा फुटाउने धम्की दिएको थियो ।
हेर्नुहोस् तस्बिर









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण