रंगशालामा सांसद र कर्मचारीबीच फुटबल : चार गोल हानेर कर्मचारीले हराए
संसद सेवा दिवसको अवसरमा गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीले चार गोल अन्तरले सांसदहरुको टोलीलाई पराजित गरेको छ । साग अन्र्तगत फुटबलको फाइनल खेलपूर्ण दशरथ रंगशालामा गरिएको मैत्रीपूर्ण खेल ४–० गोल अन्तरमा टुङ्गिएको संघीय संसदका सह प्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए ।
३० मिनेटको सो प्रतिस्पर्धामा संघीय संसदका नायव सुब्बा निरज पन्थीले १ गोल र हलुका सवारी चालक राजेन्द्र महर्जनले २ गोल गरेका थिए ।

खेलमा कर्मचारीको तर्फबाट संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले नेतृत्व गरेका थिए भने सांसदरुको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेतृत्व गरेका थिए । खेलमा राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसदहरु र संघीय संसदका विभिन्न तहका कर्मचारीहरु सहभागी थिए ।

हरेक बर्ष मंसिर २८ गते संघीय संसद सेवा दिवस मनाउने गरिएको छ । २०५८ सालमा संसद सेवा निजामती कर्मचारी सेवाबाट स्वायक्त सेवाको रुपमा गठन भएको थियो । २०५८ साल मंसिर २८ गते ऐन जारी भएको अवसरमा संघीय संसदका कर्मचारीहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेको सह प्रवक्ता धमलाले जानकारी दिए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण