बक्सिङले थप्यो नेपाललाई ५० औँ स्वर्ण
मङ्गलबार, २४ मङ्सिर २०७६, १६ : ०६
काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत मंगलबार भएको भिडन्तमा बक्सिङबाट नेपालले ५० औँ स्वर्ण पदक जितेको छ । नेपालका खेलाडी सनिल शाहीले बक्सिङको ६० केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।
ललितपुरको सातदोबाटोस्थित कराँते हलमा पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी भिरेन्द्र सिंहलाई हराउँदै सनिलले स्वर्ण जित्न सफल भएका हुन् । योसँगै जारी सागमा स्वर्णको संख्या ५० पुगेको छ । मंगलबार नेपाल र भुटानवीच फुटबलको फाइनल खेल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन