टर्की लिवियामा सेना पठाउन तयार
मङ्गलबार, २४ मङ्सिर २०७६, २२ : ५०
एजेन्सी । टर्कीले माग भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार भएको मङ्गलबार जनाएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले विश्व समुदायद्वारा मान्यताप्राप्त लिवियाली सरकारलाई सहयोग गर्न यदि लिवियाली उच्च अधिकारीद्वारा आग्रह भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार रहेको बताएका हुन् । हामीबाट सहयोगको अपेक्षासहित माग भएमा टर्कीले आवश्यक सेना तथा सैन्य सहयोग लिविया पठाउन तयार छ ।
गत महिना लिवियासँग सैन्य सुरक्षा सहमति गरेको टर्कीले आवश्यकताअनुसार लिवियालाई सघाउन चासो देखाएको हो । लिवियामा सन् २०१४ मा शुरू भएको गृहयुद्धका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने द्वन्द्वका कारण ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्ड र हेन्डरसन इंग्ल्याण्डको टोलीमा अटाएनन्
-
ललितपुरमा बुधबार स्थानीय बिदा
-
इजरायली सेनाको आक्रमणमा डाक्टरसहित सात जनाको मृत्यु
-
सन्दीपलाई अमेरिका पठाउन क्यानले थाल्यो प्रक्रिया
-
फिनल्याण्डमा मिथिला चित्रकला प्रदर्शनी
-
मुक्त हलिया, कमैया, कमलरी, हरवा चरवाको न्यायोचित पुनर्स्थापना गर्न नसकिएको गुनासो