एक वर्षमा अमेरिका बसोबास गर्ने १० हजार भारतीयलाई हिरासतमा लिइयो, ८३१ भए देशनिकाला
एजेन्सी । अमेरिकी सरकारले जारी गरेको एक रिपोर्टअनुसार अघिल्लो वर्ष झण्डै १० हजार भारतीय पक्राउ गरियो । उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आशंमा पक्राउ परेका थिए ।
मंगलबार जारी अमेरिकी सरकारको एक रिपोर्ट अनुसार पक्राउ परेका १० हजारमध्ये ८३१ जना भारतीयलाई अमेरिकाबाट बाहिर निकाला गरिएको थियो ।
‘इम्मिग्रेसन इन्फोर्समेन्टः अरेस्ट, डिटेन्सन्स एण्ड रिमुभल्स एण्ड इस्यु रिलेटेट टू सेलेक्टेड पपुलेसन’ शिर्षकको रिपार्टमा यो तथ्य उल्लेख छ ।
रिपोर्ट सरकारी जवाफदेही कार्यलयले तयार गरेको थियो । अमेरिकी आप्रवासन तथा भन्सार कार्यन्वय निकाय ‘आईसीई’का अनुसार जेल जाने भारतीयको संख्या सन् २०१५ देखि सन् २०१८बीच दुई गुणाले बढ्यो ।
आईसीईले सन् २०१५मा ३,५३२ भारतीयलाई जेल चलान गरिएको थियो । त्यसपछि प्रत्यक वर्ष जेल चलाउन हुनेको संख्या वृद्धि हुदाँ सन् २०१६ मा ३,९१३, सन् २०१७ मा ५,३२२ र सन् २०१८ मा ९,८११ भारतीयलाई जेल हालिएको थियो ।
रिपोर्ट अनुसार आईसीईले सन् २०१८मा ८३१ भारतीयलाई देश निकाला ग¥यो । अमेरिकाबाट निकाला पर्ने भारतीयको संख्यामा पनि प्रत्यक वर्ष वृद्धि भएको देखिन्छ ।
सन् २०१५ मा २९६, सन् २०१६ मा ३८७ र सन् २०१७ मा ४७४ भारतीयलाई अमेरिका निकाला गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण