पीपीएल क्रिकेटमा पोखरा पल्टनको विजयी सुरुवात
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आइतबार पोखरामा प्रतियोगिताको पहिलो खेलमा पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिला फिल्डिङ रोजेको पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारियर्सलाई निर्धारित २० ओभरमा ११५ रनमा रोकेको थियो ।
११६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पोखरा पल्टनले एक विकेटको क्षतिमा १५ औँ ओभरमै जित हासिल गरेको हो । पोखरा पल्टनका लागि कुशल भुर्तेलले अद्र्धशतकीय पारी खेलेका थिए । उनले ३९ बलमा ५९ रन बनाए । यस्तै, रवि इन्दर सिंहले ३१ र आसिफ शेखले १४ रन बनाए ।
काठमाडौँ गोल्डेन वारियर्सलाई सस्तोमै समेट्न पोखरा पल्टनका लागि कुशल मल्ल, ललित राजवंशी र रशिद खानले दुई–दुई विकेट लिए । यस्तै, प्रथमेश डाके र सरबजित लद्दाले एक–एक विकेट हात पारे ।
यसअघि काठमाडौँ गोल्डेन वारियर्सका सुबोथ भाटीले सर्वाधिक ४५ रन बनाएका थिए । यस्तै सुशान भारीले १० र गौरव टोमरले १३ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण