राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल गर्ने सहमति (सहमतिपत्रसहित)

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई दलबीचको छलफलमा राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ ।
त्यस्तैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।
अन्य राष्ट्रिय राजनीतिका समसामयीक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्य गर्ने तथा सहकार्यको प्रकृयालाई अघि बढाउने सहमति पनि भएको छ ।
सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपा नेपालको तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
सहमितपत्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधकाबिच प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो
-
ठुल्ठुला योजनामा सरकार, दातृ निकाय भन्छन्, ‘साना कुरामा ध्यान देऊ’
-
अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान
-
प्रतिनिधिसभाको बैठक || Live ||
-
गण्डकीको बजेट : सांसदलाई ५ लाखको रन्को, अर्थ सचिवको पालिकामा योजनाको लर्को
-
मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै