बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

डा. भक्तमान श्रेष्ठका अपहरणकारी योञ्जन पक्राउ

शुक्रबार, ०४ पुस २०७६, ०९ : १२
शुक्रबार, ०४ पुस २०७६

काठमाडौँ । डा. भक्तमान श्रेष्ठका अपहरणकारी गौतम योञ्जन ९ वर्षपछि पक्राउ परेका छन् । डाक्टर श्रेष्ठलाई अपहरण गरी फिरौती लिएका योञ्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको हो । 

सीआईबीका प्रवक्ता बेलवहादुर पाण्डेका अनुसार योञ्जनलाई बिहीबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी केन्द्रीय कारागार, सुन्धारा पठाइएको छ । 

२०६७ साल जेठ ४ गते अस्पतालबाट घर फर्कने डाक्टर श्रेष्ठ अपहरणमा परेका थिए । अपहरणपश्चातः श्रेष्ठलाई काठमाडौं र नुवाकोटका विभिन्न ठाउँमा बन्धक बनाएर राखेका योञ्जनले १८ दिनपछि फिरौती लिएर धादिङको मझिमटारबाट अपहरणमुक्त गरेका थिए ।

२०७० साल माघ २१ गते योञ्जनलाई तत्कालीन पुनरावेदन अदालत हेटौंडाले मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा कसुर ठहराइ ९ वर्ष कैद र ५० हजार जरिवानाको सजाय तोकेको थियो । तर उनी फरार थिए ।

श्रेष्ठ बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरका तत्कालीन निर्देशक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप