छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
काठमाडौं । काठमाडौं, दाङ, उदयपुर, पर्सा, नवलपरासी (पश्चिम) का बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-११ कपन कृष्णमन्दिरस्थित सडकमा बा.७ प ८८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा घाइते भएका चालक झापा धुलावारी नगरपालिका-१३ घर भएका ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको हेल्पीङ ह्याण्ड अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-३ पैयोखोरेस्थित सडकमा रा.१ ज ८२२ नम्बरको जिप अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीया गीता बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ५ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-१३ नयाँ बरुवास्थित भित्री सडकमा स.१ त ६८०० नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका सोही नगरपालिका-६ जलजले बस्ने १६ बर्षीय प्रबेश अलि मियाको जिल्ला अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको पोखरिया नगरपालिका-१० शिवर्वास्थित सडकमा ना.४६ प ५३३० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही नगरपालिका बस्ने-९ बस्ने ६७ बर्षीय प्रभु महतोको नारायणी अस्पताल वीरगंजमा शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ फलफुल चोकमा लु.२ ख ८६ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण