कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
सारांश
- कर्णालीमा नुहाउने क्रममा बेपत्ता भएका २४ वर्षीय निवन रोकायको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।
- डोल्पा घर भई मिनि ट्रकका सहचालक रहेका रोकाय दैलेखको पाल्तडा नजिकै कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए ।
- खोजलाई प्रभावकारी बनाउन सोनार र ड्रोन क्यामरासहितको थप टोली परिचालन गरिएको छ ।
काठमाडौँ । कर्णालीमा नुहाउने क्रममा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । असार २ मा मुगुबाट सुर्खेततर्फ आउँदै गरेका २४ वर्षीय निवन रोकाय कर्णालीमा डुबेर बेपत्ता भएका थिए ।
उनी कर्णाली प्रदेश ०२–००१ क ०७८० नम्बरको मिनि ट्रकका सह चालक हुन् । डोल्पाको जगदुल्ला गाउँपालिका–३ घर भएका रोकायको खोजीमा नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
युवक दैलेखकको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ मा पर्ने पाल्तडा नजिकैबाट नदीमा नुहाउन गएका थिए । उनको खोजीमा सशस्त्रको माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा वेशमा खटिएको टोली पनि परिचालन गरिएको छ ।
खोजी प्रभावकारी बनाउन असार ८ देखी विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा सोनार क्यामरा र अन्डर ड्रोन क्यामरासहितको थप टोली परिचालन गरिएको डीएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण