सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संकटाको पहिलो जित

शनिबार, ०५ पुस २०७६, २३ : २१
शनिबार, ०५ पुस २०७६

काठमाडौं । संकटा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगका पहिलो जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले एनआरटी क्लबलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा संकटाका लागि दीपेश आलेमगरले गोल गरे । दीपेशले नवौं मिनेटमा गरेको गोलनै संकटाका लागि प्रयाप्त बन्यो ।

दोस्रो हाफमा लगातार गोलको अवसर बनाएको एनआरटीको प्रयास सफल बन्न सकेन । एनआरटीको हाफ दर्जन प्रयासमा संकटाका गोलरक्षक विनय श्रेष्ठ बाधक बनेका थिए । जितसँगै संकटाले तीन अंक बनाएको छ । एनआरटीको एक अंक छ । गतबर्षको लिगमा अन्तिममा परेको एनआरटीले पहिलो खेलजितेपनि दुई अंक घटाईएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप