संकटाको पहिलो जित
शनिबार, ०५ पुस २०७६, २३ : २१
काठमाडौं । संकटा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगका पहिलो जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले एनआरटी क्लबलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा संकटाका लागि दीपेश आलेमगरले गोल गरे । दीपेशले नवौं मिनेटमा गरेको गोलनै संकटाका लागि प्रयाप्त बन्यो ।
दोस्रो हाफमा लगातार गोलको अवसर बनाएको एनआरटीको प्रयास सफल बन्न सकेन । एनआरटीको हाफ दर्जन प्रयासमा संकटाका गोलरक्षक विनय श्रेष्ठ बाधक बनेका थिए । जितसँगै संकटाले तीन अंक बनाएको छ । एनआरटीको एक अंक छ । गतबर्षको लिगमा अन्तिममा परेको एनआरटीले पहिलो खेलजितेपनि दुई अंक घटाईएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण