सन्दीप सम्मिलित मेलबर्नको दोस्रो जित
एजेन्सी । अस्ट्रेलियामा जारी बिग बास टी–२० लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामाछिाने सम्मिलित टोली मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मेलबर्नले होबर्ट हुरिक्यान्सलाई ५२ रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा चार विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । १ सय ६४ रनको विजय लक्ष्य पछ्याएको होबर्ट हुरिक्यान्सले १६ ओभरमा सबै विकेटको क्षतिमा एक सय ११ रन बनायो ।
होबर्टका लागि क्लिभ रोजले सर्वाधिक ३२ रन बनाए । कालेप जेवेलले २५ रन बनाए । होबर्टलाई सस्तैमा समेट्न मेलबर्नका हरिस राउफले सर्वाधिक पाँच विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए । तीन ओभर बलिङ गर्ने अवसर पाएका सन्दीपले १८ रन दिएका थिए । कप्तान ग्लेन म्याक्सवेल र एडम जाम्पाले दुई दुई विकेट लिए ।
यसअघि मेलबर्नका लागि मार्कोस स्टोनिसले ८१ रन बनाए । निक म्याडिसनले ४० र बेन डन्कले १९ रन बनाए । हुरिक्यान्सका रीले मेरेडिथले तीन विकेट लिए । जितसँगै मेलबर्नले चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण