विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमनमा विद्यासुन्दर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन थालेका छन् । यसअघि वडा नम्बर ९, १६ र २६ को स्थलगत अनुगमन गरेका मेयर शाक्यले मंगलबार वडा नम्बर ७ का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन् ।
मेयर शाक्यले आफू निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडामा भए–गरेका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको जानकारी दिँदै यस्ता खाले अनुगमनलाई निरन्तरता दिने पनि बताए ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, वडाध्यक्ष शुद्धकुमार ढंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख डाक्टर उत्तरकुमार रेग्मी र वडाका सरोकारवालाहरुसहित अनुगमनका क्रममा मेयर शाक्यसँग स्थानीयले विभिन्न खाले गुनासा गरेका थिए ।
मेयर शाक्यसहितको टोलीले महानगरपालिका दिएको ७ करोड बजेटमा निर्माण हुँदै गरेको मैजुबहाल चक्रपथ, चावहिल, मित्रपार्क, जयवागेश्वरी, सिफल, कुमारीगाललगायतका स्थानको अनुगमन गरेको थियो ।
लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको अनुगमन गर्दा केही स्थानीयवासीले छिटो काम सम्पन्न गर्नुपर्ने भन्दै मेयर शाक्यसँग गुनासो गरेका थिए । केहीले घर अगाडि नै विजुलीका तारहरु अलपत्र पारेको, निर्माणकार्यमा ढिलासुस्ती गरेको जस्ता आक्रोस व्यक्त गरेका थिए ।
मेयर शाक्यलेस्थानीयका गुनासा सुन्दै छिटो–भन्दा छिटो काम सम्पन्न गर्ने गरी आफू अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण