क–कसले बनाएको थियो भारतमा मोडललाई बलि चढाउने योजना ? (नामसहित)
काठमाडौँ । झापाकी २० वर्षीया (नाम परिवर्तन) एन्जिलालाई नेपाल–भारतको बोर्डरमा लगेर बलि दिने योजना बनाएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई विराटनगराट र दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा दिल कुमारी बुढामगर, उमेश कुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश साह र रन्जित चौधरी रहेका छन् भने एकजनाको नाम खुलाइएको छैन् । प्रहरीका अनुसार ६ जना नै सुनसरी र मोरङ जिल्लाका हुन् ।
पक्राउ परेकामध्ये २ जना महिला र ५ जना पुरुष रहेका छन् ।
एन्जिलालाई शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले उनीहरुको बलि दिने योजना असफल भएको प्रहरीको दाबी छ । प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।
रक्सी–मासु नखाएको, महिनावारी नभएको र पूजा गर्नुपर्ने भनेपछि उक्त समूहले एन्जिलालाई कुल देवताको नाममा बलि दिन लैजान लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण