मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सन्राइज बैंकको १२९ औं शाखा ताप्लेजुङको फुङलिङमा

बिहीबार, १० पुस २०७६, १२ : ३३
बिहीबार, १० पुस २०७६

सन्राइज बैंकको १२९ औं शाखा ताप्लेजुङको फुङलिङमामा सञ्चालनमा आएको छ । बुधबारबाट ग्राहकको सेवा र सुविधालाई मध्यनगर गर्दै बैंकले शाखा विस्तार गरेको हो । 

 उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल  र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा क्षेत्रपटी प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । साथै डोरेन्द्र निरौलाज्युले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अझै प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा बढी लगानी गर्नुपर्ने आवश्यता रहेकोे बताए ।

हालसम्म सन्राइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र  ए.टि.एमहरु संचालन गर्ने योजना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप