कृषिलाई प्रविधिमैत्री बनाउन सरोकारवालाको जोड
काठमाडौँ । कृषिलाई प्रविधिमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
मंगलबार कृषि सूचना तथा प्रशिक्षण केन्द्र र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को संयुक्त आयोजनामा राष्ट्रिय डिजिटल कृषि रणनीति र कार्य योजना सम्बन्धी काठमाडौँमा भएको कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेलले छरिएर रहेका डिजिटल कृषिलाई प्रवर्द्धन गर्न विभिन्न निकायहरूलाई एकीकृत गर्न आवश्यक रहेको बताए । उनका अनुसार कृषि प्रविधिलाई किसानको स्तरसम्म पुर्याउन आवश्यक छ ।
पछिल्लो समय कृषिमा जनशक्ति अभाव हुँदै गएको अवस्थामा प्रविधिमैत्री कृषि बनाउन सके उत्पादन र उत्पादकत्वमा समेत सुधार गर्न सकिने उनको तर्क छ ।
प्रविधिमैत्री कृषिमा जोड दिने उद्देश्यले सरकारले यसअघिनै माटोको डिजिटल नक्सा तयार पारेको छ । मुलुकभर २५ हजार किसानलाई मोबाइल फोन मार्फत कृषि सूचना प्रदान गर्दै आएको केन्द्रको भनाइ छ ।
सन्जेलका अनुसार कृषि अनुसन्धान परिषद् नार्कले साप्ताहिक रुपमा किसानलाई मौसम सम्बन्धी जानकारी दिन कृषि मौसम बुलेटिन प्रकाशन गर्ने गरेको छ ।
साथै, देशभर ४० लाख ३० हजार कृषक घरधुरी मध्ये करिब १७ लाख कृषक घरधुरीलाई विद्युतीय प्रणालीमा सूचीकृत गरिएको छ ।
आगामी वर्ष करिब १८ लाख कृषक घरधुरीलाई सो प्रणालीमा सूचीकृत गर्ने सरकारी लक्ष्य छ । यसले कृषि डिजिटलाइजेसनमा टेवा पुर्याउने सन्जेलले बताए ।
किसान सूचीकरणले कृषि प्रविधिको सदुपयोग गर्ने बाटो खोल्ने पनि उनको तर्क छ ।
साथै, कृषि प्रविधि (एप, वेबसाइट, सामाजिक सञ्जाल) किसानले बुझ्ने भाषा प्रयोग गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटी अर्यालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण