लिभरपुलसामु लेस्टर निरिह
इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई पछ्याई रहेको लेस्टर सिटीले लिभरपुलसँग नै नमिठो हार खेपेको छ । जारी सिजन सानदार प्रदर्शन गरिरहेको लिभरपुलले सुक्रबार राति लेस्टरसिटीलाई उसैको मैदानमा ४–० गोलले हरायो ।
लिभरपुलको फराकिलो जितमा रोवर्टो फिर्मिनोको दुई गोल गरे । जेम्स मिल्नर र एलेक्सजेन्डर अर्नाेल्डले एक एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
फिर्मिनोले ३१औं मिनेटमा अर्नाेल्डको पासमो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि लिभरपुलले दोस्रो हाफमा आठ मिनेटको अन्तरमा तीन गोल हानेको थियो । ७१औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत दोस्रो गोल गरे । लेस्टरका कार्लर सोयन्कुले डिबक्स भित्र भर्जिल भान डाइकलाई लडाएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।
७४औं मिनेटमा फिर्मिनोले अर्नाेल्डकै पासमा व्यक्तिगत दोस्रो गरे । ७८औं मिनेटमा अर्नाेल्डले साडियो मानेको पासमा गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए । खेलभर लिभरपुलको दबाब झेलेको लेस्टर निरिह बन्यो ।
यस जितसँगै शीर्ष स्थानको लिभरपुल थप बलियो बनेको छ । लिगमा अपराजित यात्रा कायम राखेको लिभरपुलले १८ खेलबाट ५२ अंक बनाएको छ । दोस्रो स्थानको लेस्टर सिटीको ३९ अंक छ । लेस्टरले एक खेल बढी खेलेको छ तेस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको ३८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु