टुबोर्ग ओपनका लागी क्लिन ब्यान्डिटसँगको सहकार्यमा नितेश जंग कुँवरको नयाँ प्रस्तुती

काठमाडौं– चर्चित गायक नितेश जंग कुँवरले विश्वप्रसिद्ध समुह क्लिन ब्यान्डिटसँगको सहकार्यमा आफ्नो नयाँ गीत “खुलेर डल्लै” सार्वजनिक गरेका छन् ।
नितेश विश्वव्यापी टुबोर्ग ओपन अभियानको हिस्सा रहेका छन् जसले संगीत मार्फत मानिसहरुलाई आफुलाई थाहा भएको र मनपर्ने कुराहरुको सिमा तोड्दै ओपन टु मोर हुनका लागी प्रोत्साहन गर्दछ । युट्युबमा टुबोर्ग नेपालको च्यानलमा खुलेर डल्लै रिलिज भएको छ ।
नितेश जंग कुँवरले शुरु गरेका उक्त ट्र«याकमा विश्वभर परिचित समुह क्लिन ब्यान्डिटले सहकार्य गरेका छन् । २ दिने भ्रमणमा स्टुडियोमा सँगै समय बिताए सँगै क्लिन ब्यान्डिटका ग्रेस, ज्याक र ल्युकलाई नितेशले सुन्दर शहर काठमाडौंको व्यस्त वसन्तपुर देखि किर्तिपुरका विभिन्न ठाँउहरुको अवलोकन गराए ।
केहि मौलिक नेपाली खानाको स्वाद र नेपाली सांगीतिक बाजारमा रमाई उनीहरुले दिनको अन्तमा स्टुडियोमा उक्त ट्र«याक बनाएका हुन् । काठमाडौंको छोटो भ्रमणले उनीहरुलाई नेपाली संस्कृति र संगीतको आभाष दिलाएको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर, बैभव शर्मा भन्छन्, “टुबोर्गको संगीतसँग निकै बलियो सम्बन्ध रहेको छ र हामीले सधैं कलाकारहरुलाई प्लाटफर्म प्रदान गर्ने कोसिस गर्दै आईरहेकाछौं । हाम्रो आफ्नै नेपाली कलाकारको बहुचर्चित अन्तराष्ट्रिय समुहसँग सहकार्य रहेकोले यो साँगीतिक सहकार्य उल्लेखिनय रहेको छ । हाम्रो नेपाली संगीतलाई अन्तराष्ट्रिय बजारमा चिनाउन र उत्थान गर्नका लागी यो हाम्रो एउटा प्रयास हो ।”
यस वर्षको टुबोर्ग ओपन अभियानको धेरै नयाँ रिलिजहरु मध्ये “खुलेर डल्लै” एक हो जसले संगीत प्रेमीहरुलाई नयाँ र विविध अनुभवहरु लिई ओपन टु मोर हुनका लागी प्रोत्साहन गर्ने लक्ष्य राख्दछ । पुरा ग्लोबल ट्र«याकहरुको प्लेलिस्ट विभिन्न डिजिटल स्ट्रि«मिङ प्लेटफर्महरुमा सार्वजनिक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवागढीबाट दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात
-
१५ औँ राष्ट्रपति रनिङ शिल्ड : सुदूरपश्चिमको छात्र टोलीको विजयी सुरुवात
-
अस्ट्रियाको विद्यालयमा गोलाबारी, मृत्यु हुनेको संख्या ११ पुग्यो
-
लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा
-
तस्बिरमा हेर्नुहोस् राजा श्रीनिवास मल्लको सिंहासन
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची