आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कृषि बीमाका लागि बीमा समितिले तोक्यो जिल्ला, कुन जिल्लामा कुन बीमा कम्पनी ?

शनिबार, १९ पुस २०७६, १७ : ००
शनिबार, १९ पुस २०७६

बीमा समितिले र्निजीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ । 

बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो । 

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले ७७ जिल्लामा तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको बताए । 
काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्नेछन् । उनले नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताए । 

त्यस्तै समितिले बीमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवा मार्फत कृषि, बाली तथा पशुपन्छी बीमा सम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईँले बताए । 

तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ । अध्यक्ष चापागाईले यसबाट कृषि बीमाको पहुँच सबैठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदानको उपयोग हुने समेत बताए ।  सरकारले कृषि तथा पशुपक्षीं बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप