मलेसियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई
काठमाडौँ । मलेसियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाइनलमा नेपालकी शिलास्मा हमाल मल्लले ताज हात पारेकी छन् ।
शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउँदै ताज हात पारेकी हुन् । उक्त प्रतियोगितामा २१ देशका महिलाहरु सहभागी थिए ।
विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले अन्तत उत्कृष्ट हुँदै वल्र्डतर्फको शीर्ष उपाधि र ताज जितेकी छिन् ।
नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० बिजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिइन् ।
‘मलेसियामा भएको मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाइनलमा मैले वल्र्ड तर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट सावित गरेको छु,’ उपाधि जितेपछि शिलास्माले भनिन्, ‘एशिया, युरोप, अफ्रिकालगायतका महाद्धिपका २१ जना महिलाहरु भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेसियाले जितेको छ ।’
केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही ब्यूटी पेजेन्टमा पनि यसअघि ताज जितिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण