मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘म यस्तो गीत गाउँछु २’ गीत: ‘दुःखको काँडा’ रोमान्टिक पल र पूजा

बिहीबार, २४ पुस २०७६, १७ : ४४
बिहीबार, २४ पुस २०७६

काठमाडौं । प्रेमकथामा फिल्म निर्माण गर्दै आएका सुदर्शन थापाको निर्देशन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ दोस्रो ‘दुःखको काँडा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । 

गीतको भिडियोमा अभिनित पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय देख्न सकिन्छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा देवल भण्डारीको शब्द र सनिष श्रेष्ठको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा पल र पूजाको केमेस्ट्री सुहाएको देख्न सकिन्छ । 

फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री पूजा र निर्देशक सुदर्शननै निर्माता रहेको फिल्ममा  बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप