‘म यस्तो गीत गाउँछु २’ गीत: ‘दुःखको काँडा’ रोमान्टिक पल र पूजा
बिहीबार, २४ पुस २०७६, १७ : ४४
काठमाडौं । प्रेमकथामा फिल्म निर्माण गर्दै आएका सुदर्शन थापाको निर्देशन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ दोस्रो ‘दुःखको काँडा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ ।
गीतको भिडियोमा अभिनित पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय देख्न सकिन्छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा देवल भण्डारीको शब्द र सनिष श्रेष्ठको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा पल र पूजाको केमेस्ट्री सुहाएको देख्न सकिन्छ ।
फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री पूजा र निर्देशक सुदर्शननै निर्माता रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
-
चीनको निर्यातमा उल्लेख्य वृद्धि
-
गायक तथा सङ्गीतकार वसन्त थापा मगरले ल्याए गीत ‘बसौँ हजुर’
-
सीमित स्रोत, भारी अपेक्षा: कसरी हुन्छ पूरा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण