राष्ट्रपतिको सवारीमा बानेश्वर चोकमा मात्रै सवारी चल्न रोक
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको सवारीमा मंगलबार निजी तथा सार्वजनिक सवारी निर्बाध चलेका छन् । आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ बानेश्वरस्थित संसद् भवनमा गएका राष्ट्रपति पौडेको सवारीमा बानेश्वर चोकमा मात्रै सवारी साधन चल्न रोक लगाइएको छ ।
बानेश्वर चोकबाट संघीय संसद्को गेटसम्म केहीबेर निजी तथा सार्वजनिक सवारी होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलले रातोपाटीलाई बताए । राजकीय कार्यक्रम भएको हुनाले करिब ५० मिटर सडकमा मात्रै गाडी रोकेर सवारी चलाइएको पोखरेलको भनाइ छ ।
ट्राफिक प्रहरीले शीतल निवासबाट बानेश्वर चोकसम्मको सडकमा अन्यत्र गाडी चल्न रोकेन । बानेश्वर चोकबाट पौडेलको कारगेडलाई घोडाको रिसल्ला ले स्कर्ट गरेको थियो । संसद् भवनमा उनलाई रातो कार्पेट विछ्याएर स्वागत गर्दै सैन्य टुकडीले सलामी अर्पण गरेको थियो ।
सडकको अन्यत्र चोकमा राष्ट्रपतिको सवारी कटाउन केही मिनेट शाखा सडकमा सवारी डाइभर्ट गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण