रोमानिया जाने श्रमिकलाई नेपालबाटै भिसा उपलब्ध गराउन श्रम मन्त्रालयको आग्रह
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जानेलाई नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेको छ । भिसाका लागि भारत जानुपर्ने बाध्यता रहेको भन्दै श्रम मन्त्रालयले नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेको हो ।
मन्त्री डोल प्रसाद अर्यालले नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेसँगको भेटको क्रममा उक्त कुरा राखेका हुन् । भेटमा रोमानिया र नेपालबिच श्रम लगायत आपसीहितका विषयमा छलफल भएको थियो । छलफलका क्रममा श्रम मन्त्री अर्यालले रोमानिया र नेपालसरकारबीच श्रम सम्बन्धी समझदारी समेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढिरहेको भन्दै नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
त्यस्तै, श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारले समेत मान्यता दिन अनुरोध गर्दै रोमानियामा माग हुने रोजगारका क्षेत्रहरू अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न आग्रह गरे ।
राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्राउन चाहेको बताइन् । साथै रोमानिया नर्सिङ, निर्माण, हस्पिटालिटी लगायतका क्षेत्रमा नेपालीहरुको अत्याधिक माग रहेको कुरा समेत बताइन् ।
राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरी देखि हालसम्म नेपाली युवाको लागि सात हजार ८०० भिसा जारी गरेको छ । गतवर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् ।
नेपाल र रोमानिया सरकारबिच सन् १९६८ को अप्रिल २० मा कूटनीति सम्बन्ध स्थापित भएको थियो । नेपाल र रोमानिया सरकारबिच सन् २०२३ को अक्टोबर ६ मा श्रम सम्बन्धी समझदारी भएको थियो । रोमानियामा हाल करिब १० हजार नेपाली श्रमिक कार्यरत छन् । पछिल्लो समय रोमानिया नेपाली श्रमिकहरूको लागि गन्तव्य मुलुक बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण