बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम आयो : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरूका बीउहरु रोपेको बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
वाग्लेले विगतमा कार्यक्रममा ठुला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सीमित हुने कुरालाई ब्रेक गरेको बताए । उनले कार्यक्रमले ठुला कुरा नगरौँ र क्रमिक सुधारहरू (इङक्रिमेन्टल रिर्फम) हरू हरेक मन्त्रालयमा गरेर हेरौँ भन्ने बीउ सबै मन्त्रालयमा राखेको बताए । उनले नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको बताए ।
वाग्लेले विगत ३२ वर्षमा सबैभन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति रहेको बताए ।
उनले भने,‘सरकारले ल्याएको नीति तथा कार्यक्रम डिपार्चर प्रस्थान गर्ने खालको आएको छ । विगतमा कार्यक्रममा ठुला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सीमित थियो । यो वर्ष ठुला कुरा नगरौँ तर क्रमिक सुधारहरू (इङक्रिमेन्टल रिर्फम)हरू हरेक मन्त्रालयमा गरेर हेरौँ भन्ने बिउ सबै मन्त्रालयमा राखेको पाए । दर्शनौं क्रमिक सुधारहरूका बिउ यसपालि राखिएका छन् । त्यो भनेको बजेटसँग मिल्ने सम्भावना बढेको छ । बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना देखिएको छ । विगत ३२ वर्षमा सबै भन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकार युक्ति हो । नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्ने जग बसालेको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट आउँदैछ ।’
वाग्ले अर्थतन्त्र सुधार गर्ने जग बसालेकाले नीति तथा कार्यक्रममा टेकेर बजेट आउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण