केन्द्रीय संस्करण

राजपरिवारको वरिष्ठ सदस्यको पद त्याग्ने घोषणा लगत्तै मेगन क्यानडा उडिन्, ह्यारी भने बेलायतमै

person explore access_timeपुस २५, २०७६ chat_bubble_outline1

राजपरिवारको वरिष्ठ सदस्यको पद त्यागेको घोषणा गरेलगत्तै डचेज अफ ससेक्स क्यानडा फिर्ता भएकी छिन् । राजपरिवारको जिम्मेवारी त्याग गरेको विषयमा छलफलका लागि ड्युक अफ ससेक्स बेलायतमा नै बसेको डेलीमेलले बताएको छ ।

मेगन र ह्यारी आफ्ना छोरा आर्चीसहित क्रिसमस भरी क्यानडामा बसेका थिए ।

मेगन र ह्यारीले राजपरिवारको जिम्मेवारी परित्याग गरेको घोषणा गरेलगत्तै रानी, प्रिन्स अफ वेल्स र ड्युक अफ क्याम्ब्रिजले आफ्ना कर्मचारीलाई  उचित समाधानको खोजी गर्न अह्राएको बुझिएको छ ।

ड्युक र डचेज अफ ससेक्सले अचानक सार्वजनिक गरेको वक्तव्यका कारण राजपरिवारका सदस्य ‘दुःखी’ भएको बुझिएको छ ।

बीबीसीका संवाददाता निकोलस वित्चेलले दिएको जानकारी अनुसार रानीले बिहिबार प्रिन्स अफ वेल्स, चार्ल्स र ड्युक अफ क्याम्ब्रिज, प्रिन्स विलियम्ससँग यसबारे कुरा गरेकी छिन् ।


यी तीनैजनाले राजदरबारका वरिष्ठ कर्मचारीलाई केही दिनभित्रै समाधानको खोजी गर्न आदेश दिएका छन् ।

पछि मेगन क्यानडाका लागि उडेको बीबीसीका शाही संवाददाता जोनी डेमण्डले जानकारी दिए ।

बीबीसीका संवाददाताले मेगन र ह्यारीको निर्णयले बकिङ्घम राजदरबार अलमलमा परेको बताएका छन् ।

बुधबार बकिङ्घम राजदरबारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उनीहरुले भिन्न निर्णय लिन चाहेको इच्छालाई हामीले बुझेका छौं तर यो निकै जटिल विषय हो जुन सल्टिन धेरै समय लाग्छ ।’

यद्यपि, यी दुईले राजपरिवारबाट बाहिरिने निर्णय गरेपनि ह्यारी बेलायतको राजगद्दीका छैटौं उत्तराधिकारी हुन् ।

  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 10, 2020, 12:04 p.m. संदेश राई
    यो २१औ शताब्दिमा राजा. राजपरिवार, राजसिंहासनको काम छैन । उहिले पो तरवार र खुकुरीको लडाईबाट लडाई जितेर राजा बन्ने चलन थियो अब यो २१ औ शताब्दीमा युद्ध तरबारको हैन कलम र दिमागको मात्र हुन्छ, त्यसैले यो राजतन्त्रको भुत फाल्नु नै राम्रो ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.