शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शेर्पासँग बराबरीमा रोकियो मनाङ

शनिबार, २६ पुस २०७६, २२ : ४७
शनिबार, २६ पुस २०७६

काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले गोलरहित बराबरीमा रोकेको छ । दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा बराबरी खेल्दै दुवै टोलीले एकएक अंक बाँडेका छन् ।

बराबरीले मनाङको उपाधि यात्रा कमजोर बन्ने देखिएको छ । खेलमा १० खेलाडीमा समेटिएको मनाङलाई खेलभर शेर्पाले दबाब दिएको थियो । खेलमा दुवै टोलीले लगातार गोल गर्ने अवसर बनाएपनि सफल हुन सकेनन् । ७२औं मिनेटमा मनाङका सुरज विश्वकर्मा रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

सुरजले शेर्पाका स्टेफनलाई फल हानेपछि रातो कार्ड पाएका थिए । मनाङ १० खेलाडीमा समेटिएपनि शेर्पाले त्यसको फाइदा उठाउन सकेन । शेर्पाका उलरिच सिवे म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै मनाङले ६ खेलबाट १२ अंक बनाएको छ । मनाङ तेस्रो स्थानमा छ । एक खेल कम खेलेको आर्मी १२ अंक सहित दोस्रो स्थानमा छ । चार अंक बनाएको शेर्पा ११औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप