बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चार वर्षदेखि बन्द पर्यटन सूचना केन्द्र

मङ्गलबार, २९ पुस २०७६, ०७ : ०१
मङ्गलबार, २९ पुस २०७६

रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा रहेको पर्यटन सूचना केन्द्र करीब चार वर्षदेखि बन्द रहेको छ । 

पर्यटकीय क्षेत्रको सूचना संकलन गर्ने, प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको केन्द्र आर्थिक अभावले ४ वर्षदेखि बन्द भएको पर्यटन सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले जानकारी दिए । 

बालमन्दिर हलमा रहेका कार्यालयले भाडा नै तिर्न नसकेपछि सूचना केन्द्र बन्द भएको खड्काले बताए । ‘२०७१ मा स्थापना भएको केन्द्र २०७२ चैतसम्म सञ्चालन भएको थियो,’ उनले भने,‘त्यस यता चार वर्षको भाडा झन्डै डेढ लाख रुपैयाँ भएको छ । 

सो तीर्न नसक्दा भ्रमण वर्षमा समेत कार्यालय सञ्चालनमा ल्याउन सकिएको छैन ।’ यो समाचार आजको आर्थिक अभियानमा  छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप