चार वर्षदेखि बन्द पर्यटन सूचना केन्द्र
मङ्गलबार, २९ पुस २०७६, ०७ : ०१
रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा रहेको पर्यटन सूचना केन्द्र करीब चार वर्षदेखि बन्द रहेको छ ।
पर्यटकीय क्षेत्रको सूचना संकलन गर्ने, प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको केन्द्र आर्थिक अभावले ४ वर्षदेखि बन्द भएको पर्यटन सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले जानकारी दिए ।
बालमन्दिर हलमा रहेका कार्यालयले भाडा नै तिर्न नसकेपछि सूचना केन्द्र बन्द भएको खड्काले बताए । ‘२०७१ मा स्थापना भएको केन्द्र २०७२ चैतसम्म सञ्चालन भएको थियो,’ उनले भने,‘त्यस यता चार वर्षको भाडा झन्डै डेढ लाख रुपैयाँ भएको छ ।
सो तीर्न नसक्दा भ्रमण वर्षमा समेत कार्यालय सञ्चालनमा ल्याउन सकिएको छैन ।’ यो समाचार आजको आर्थिक अभियानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण