कन्हैया कुमारको लोकप्रियताबाट मोदी सरकार चिन्तित
एजेन्सी । जवाहरलाल नेहरु विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी संगठनका पूर्व–अध्यक्ष तथा हाल भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारको लोकप्रियताबाट नरेन्द्र मोदी स्वयम् चिन्तामा परेको खबर सार्वनिक भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको यससम्बन्धी समाचारलाई उदृत गर्दै बीबीसी हिन्दीले यसबारेमा समाचार लेखेको छ ।
रोयटर्सले कन्हैया कुमारको व्यक्तिचित्रसम्बन्धी समाचार तयार पार्न सम्पर्क गरेका मोदी सरकारसँग नजिकका एक जना व्यक्तिले यो जानकारी दिएका थिए ।
ती स्रोतका अनुसार युवा अझ पहिलो पटक मतदान दिन लागेका जनसंख्यामा कन्हैया कुमार धेरै लोकप्रियता रहेको कुरामा मोदी सरकार चिन्तित छ ।
बीबीसी हिन्दीका अनुसार रोयटर्सको समाचारमा उक्त जानकारी दिने नजिकका व्यक्ति नाम भने उल्लेख गरिएको छैन ।
रोयटर्सको रिर्पोट अनुसार केन्द्र सरकारले कन्हैया कुमारको व्यक्तिगत जीवन र उनले प्राप्त गर्ने फण्डिङमाथि पनि नजिकबाट नजर राखिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण