राप्रपाले बोलायो केन्द्रीय समिति बैठक
बिहीबार, ०२ माघ २०७६, २२ : २४
काठमाडौँ । राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा घनीभूत छलफल हुने सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति सम्बन्धि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पनि श्रेष्ठले बताए । यस्तै समानविचार धारा भएका दलहरुसँग एकताका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
-
विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली स्वीकृत
-
बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
-
विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण